१३ असार २०८३, शनिबार

एमाले कैलालीको अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ६ फागुन । नेकपा (एमाले) कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीको सुखडमा जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उदघाटनपछि अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

आज र भोलि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अधिवेशनबाट जिल्लाको नेतृत्व लिन तीन जना आकांक्षी देखिएका छन् ।

अध्यक्ष पदका लागि दुर्गा जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गाना गरी तीन जनाले दाबी गर्नुभएको छ । ढुङ्गाना पूर्वप्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुनुहुन्छ ।

अधिवेशन मार्फत पाँच पदाधिकारीसहित १५० सदस्यीय निर्वाचित हुनेछ । त्यसको लागि ५६० जना प्रतिनिधि छनोट भइसकेका छन् ।