
काठमाडौं, ६ फागुन । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी गरी चार दल समाजवादी मोर्चामा आवद्ध छन् ।
मोर्चाका संयोजकसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान ९ बजेका लागि मोर्चाको नियमित बैठक बोलाउनुभएको हो ।
बैठक आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा बस्ने गरी बोलाइएको छ ।
एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले मोर्चाको बैठक आइतबार विहान ९ बजे पार्टी कार्यालयमा बस्न लागेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरू सहभागी हुनुहुनेछ ।
बैठकमा समसामयिक राजनीतिक विषयहरूसँगै मोर्चाको देशभर संगठन विस्तारको अवस्था र भावी कार्ययोजनाका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।







प्रतिक्रिया