
काठमाडौं, ६ फागुन । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुँदैछ । यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने तालिका क्यानले यस अघि नै सार्वजनिक गरेको छ ।
क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ‘ए’ टिमको घोषणा गरिसकेको छ । क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।
नेपाल ‘ए’ टिममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
नेपाल ‘ए’ टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
त्यस्तै यसअघि नेपालसँग तीन खेलको सिरिज खेलेपछि लिग-२ को अभ्यासका लागि क्यानडा अहिलेसम्म नेपालमै रहेको छ र नेपाल ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।








प्रतिक्रिया