७ असार २०८३, आइतबार

नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।

शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।

नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि अनिल साह र आशिफ शेखले अर्धशतक प्रहार गरे । साह ५७ रन र शेख ५४ रनमा नटआउट रहे । ओपनर कुशल भुर्तेल २८ रनमा आउट भएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।