२१ जेष्ठ २०८३, बिहिबार

नेदरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्डसविरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपाललाई दोस्रो सफलता मिलेको हो ।

नेपालका लागि भीम सार्कीले नेदरल्यान्डका म्याक्स ओडाउडको विकेट लिएका हुन् । यसअघि नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्डसका माइकल लेभिटलाई आउट गरेका थिए ।

टर हारेर पहिला ब्याटिङ गरिरहेको नेदरल्यान्डसले ७.५ ओभरमा २ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ ।