
काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ ।
टीयू क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । नेपाली टोलीले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । आइएल टी–२० खेल्न गएका दीपेन्दले क्यानडाविरुद्धको सिरिज र नामिबियाविरुद्धको पहिलो खेल गुमाएका थिए ।
त्यस्तै देव खनाललाई पनि मौका दिइएको छ ।








प्रतिक्रिया