११ असार २०८३, बिहिबार

थाइल्याण्डलाई हराउँदै युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा युएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

युएईले दिएको ७१ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९.२ ओभरमा अलआउट हुँदै ६६ रन मात्र बनाएपछि खेल ४ रनले हारेको थियो ।

यसअघि युएईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो ।

यो जितपछि युएई प्रतियोगिताको फाइनलमा पुगेको छ भने महिला एसिया कपका लागि छनौट समेत भएको छ ।

अब युएईले अर्को सेमिफाइनलमा मलेसिया र नेपालबीचको विजेतासँग फाइनलमा खेल्ने छ । मलेसिया र नेपालबीचको दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा सुरु हुँदैछ ।