२५ जेष्ठ २०८३, सोमबार

एसीसी महिला प्रिमियर कप : नेपाल र मलेसिया भिड्दै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ ।

यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११ः१५ बजेदेखि सुरु हुँदैछ ।

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्दै छन् । यो खेल भने नेपाली समय अनुसार बिहान ७ः१५ बजे हुँदैछ । सेमिफाइनलका विजेता दुवै देश महिला एसिया कपमा छनौट हुने छन् ।