१७ असार २०८३, बुधबार

एक रनमै आउट भए कप्तान रोहित पौडेल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ फागुन । नेपालले नामिबियाविरुद्ध खराब सुरुवात गरेको छ ।

आइसिसी  क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् ।

यसअघि आसिफ शेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए । यो समाचार तयार गरुन्जेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर २५ रन बनाएको छ ।