
काठमाडौं, ३ फागुन । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको हो ।
नेपालका अनिल साह ५ बलमा ८ रन बनाएर आउट भएका हुन् ।
यसअघि खेलको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए ।
जारी खेलको २.३ ओभरमा नेपालले २ विकेटको क्षतिमा १२ रन बनाएर खेलिरहेको छ ।








प्रतिक्रिया