२३ जेष्ठ २०८३, शनिबार

रोनाल्डोको गोलमा अल नासर विजयी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितसँगै अल नासरले पहिलो लिगमा १-० को अग्रता लिएको छ । अब राउण्ड १६ को दोस्रो लिग फेब्रुअरी २१ मा हुने छ ।