२२ असार २०८३, सोमबार

नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदैछ ।

यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

आजको नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी रहेका छन् ।