९ असार २०८३, मंगलबार

विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ क्रिकेट टीमको घोषणा

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टीम घोषणा गरेको छ। बुधबार क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन्।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। नेपाल ‘ए’ ले नेपालमा रहेको क्यानडासँग मैत्रीपूर्ण सिरिज खेल्ने तय भएको छ ।