बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको कार दुर्घटनामा मृत्यु

दैनिक नेपाल २०८० फागुन १ गते ७:३९

न्युयोर्क, १ फागुन । विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको २४ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । केल्भिन किप्टम र उहाँका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो ।

कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष लण्डनमा भएको विश्व म्याराथन २ घण्टा २५ मिनेटमा पूरा गरेर नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

केल्भिन किप्टम र उहाँका प्रशिक्षक गेर्भाइस हाकिजिमाना टोयोटा कारमा कतै जाँदै हुनुहुन्थो । त्यतिबेला केल्भिनले कार चलाइरहनुभएको थियो । जहाँ अचानक उहाँले कारको नियन्त्रण गुमाउनुभयो र कार सिधै सडकबाट झरेर रुखमा ठोक्किन पुगेको थियो । जसका कारण दुबै जनाको घटनास्थलमै ज्यान गएको हो ।

केल्भिन किप्टम र गेर्भाइस हकिजिमाना बाहेक त्यस समयमा कारमा सवार महिला यात्रु शेरोन कोसगेई भयानक दुर्घटनाबाट बाँच्नुभएको छ तर गम्भीर घाइते भएका कारणा हाल उहाँ अस्पतालमा भर्ना हुनुभएको छ ।

शिकागोमा भएको विश्व म्याराथनमा केल्भिन किप्टमले नयाँ विश्व किर्तिमान बनाउनुभएको थियो । उहाँले २ घण्टा २५ म्याराथन पूरा गरेर सो विश्व कीर्तिमान बनाउनुभएको थियो । इतिहासमा पहिलो पटक धावकले २ घण्टा ३५ सेकेन्डमा म्याराथन पूरा गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित