२५ जेष्ठ २०८३, सोमबार

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ ।

आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन कारोबार सोही मूल्यमा भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।