२ श्रावण २०८३, शनिबार

नेपालले टस जितेर क्यानडाविरुद्ध बलिङ गर्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा नेपाल सिरिज क्लिन स्विपको लक्ष्यसहित मैदान उत्रिँदै छ ।

क्यानडा भने आज सान्त्वना जितको खोजीमा रहेको छ ।

एकदिवसीय सिरिजमा नेपालले क्यानडामाथि पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकाल्न सफल भएको थियो ।