१७ असार २०८३, बुधबार

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछाएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ ।

यसअघि अस्ट्रेलियाले २०१० मा यू-१९ विश्वकप जितेको थियो । पछिल्ल्लो पटक अस्ट्रेलिया २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो ।