
काठमाडौं, २७ माघ । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो ।
क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नभनीत धलिवाल ४६, पर्गत सिंह ३८, निकोलस किर्टोन २०, दिलप्रीत बाजवा १९, शाहिद अहमड्जाइ १३, हर्ष ठकेर ३ र कप्तान साद बिन जाफर १ रन बनाएर आउट भए ।
बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई/दुई विकेट लिए । आकाश चन्द, सूर्य तामाङ, सोमपाल कामी र पवन सर्राफले एक/एक विकेट लिए ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।









प्रतिक्रिया