
काठमाडौं, २७ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले क्यानडाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा क्यानडाका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएका हुन् ।

आजको खेलमा नेपाली टोलीमा तीव्र गतिका युवा बलर आकाश चन्दले डेब्यु गरेका छन् । उनले पहिलो पटक क्यानडाविरुद्ध खेल्दैछन् । हालै भएको यू-१९ विश्वकप क्रिकेटमा आकाशको बलिङ उत्कृष्ट रहेको थियो ।
यस्तै, अनिल शाह र देव खनाल पनि आजको खेलका लागि नेपाली टोलीमा समावेश गरिएका छन् । आज अनिल शाहले नेपालको किपिङ सम्हाल्नेछन् ।

कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई भने आराम दिइएको छ ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।








प्रतिक्रिया