२१ जेष्ठ २०८३, बिहिबार

एसियन कप : उपाधिका लागि जोर्डन र कतार भिड्दै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । १८औं एसियन कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि आज भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राती ८ः४५ बजेदेखि सुरु हुँदैछ ।

जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २९० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।

जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौं पटक एसियन कप खेलिरहेको छ ।

त्यस्तै कतारले सेमिफाइनलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो ।

डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औं पटक एसियन कप खेलिरहेको छ । सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले २०१९ मा एसियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ ।

एसियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ ।

त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एकएक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।