४ असार २०८३, बिहिबार

एसीसी महिला प्रिमियर कप आजदेखि, नेपाल र हङकङ भिड्दै

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । आजदेखि मलेसियामा हुने एसीसी महिला प्रिमियर कप शुरु हुदैछ ।

नेपालले आज आफ्नो पहिलो खेल खेल हङकङविरुद्ध खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुने छ ।

यस प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । समूह ‘डी’ मा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान रहेका छन् ।

नेपालले पहिलो खेल आज हङकङसँग खेल्ने छ भने दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् ।

त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् । एसीसी महिला प्रिमियर कप फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदै छ ।

क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।

त्यसैगरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी रहेका छन् ।