२४ जेष्ठ २०८३, आइतबार

अल हिलालले अल नासरलाई २-० ले हरायो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एकएक गोल गरेका थिए ।

यस खेलमा पछिल्लो समय इन्जुरीका कारण मैदान बाहिर रहेका अल नासरका क्रिस्टियानो रोनाल्डो मैदानमा फर्किएका थिए । पुरै ९० मिनेट खेलेका रोनाल्डोले खेलमा भने खासै प्रभाव पार्न सकेनन् ।

साउदी लिगमा प्रमुख प्रतिद्वन्दी क्लब मानिने अल हिलाल र अल नासर लिगमा प्रहिलो र दोस्रो स्थानमा रहेका छन् ।

१९ खेलमा अपराजित रहदै अल हिलाल ५३ अंकसहित शिर्ष स्थानमा छ भने १९ खेलमा ४६ अंकसहित अल नासर दोस्रो स्थानमा रहेको छ ।