
काठमाडौं, २५ माघ । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडालाई सात विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो ।
मध्यक्रममा निकोलस किर्तन र पर्गत सिंहले अर्धशतक प्रहार गर्दै इनिङ सम्हालेपछि क्यानडाको जिततर्फ उन्मुख देखिएको थियो । तर नेपालका स्पिनरले अन्त्यतिर खेलमा फर्काउँदै रोमान्चक जित दिलाउनु भएको हो । रोहित पौडेलले ४ विकेट लिँदै नेपालको जित पक्का गर्नुभएको थियो ।
नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता पनि लिएको छ । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।









प्रतिक्रिया