२२ असार २०८३, सोमबार

दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी-२० खेल्ने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी-२० प्रतियोगिता खेल्ने हुनुभएको छ ।

उहाँले गल्फ जायन्टसबाट आइएल टी-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

गत जनवरी १९ देखि युएईमा जारी आइएल टी-२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ । हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ ।

गल्फ जाइन्ट भारतको अदानी समूहको क्लब हो ।