
काठमाडौं, २५ माघ । आयोजक कतार एसियन कपको फाइनलमा पुगेको छ ।
बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३(२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो ।
कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एकएक गोल गरेका थिए ।
त्यसैगरी इरानका लागि सरदार अजमोउन र अलिरेजा जहाँबख्शले एकएक गोल गरेका थिए ।
यस खेलमा खेलको ९० औं मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए ।
एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्ने छ । योसँगै तीन पटक एसियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।








प्रतिक्रिया