९ असार २०८३, मंगलबार

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । अष्ट्रेलियामा एकजना नेपाली युवकविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

अष्ट्रेलियामा बस्दै आएका नेपाली नागरिक २६ वर्षीय रिदम भट्टचनविरूद्व औबर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

रिदमविरूद्व दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिइएको छ । अष्ट्रेलियन प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

भट्टचनमाथि यसअघि पनि लागुऔषध लगायत कसुरमा मुद्वा चलिसकेको छ ।

अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।