२० असार २०८३, शनिबार

दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कपको फाइनलमा पुगेको छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एकएक गोल गरेका थिए ।

जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा पुगेको हो । योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।