११ असार २०८३, बिहिबार

भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए ।

यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो ।

अब फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दै छ । अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने बिहीबारबार हुनेछ ।

त्यस्तै फाइनल खेल आगामी आइतबार हुनेछ ।