१५ असार २०८३, सोमबार

क्रिकेट विश्वकप लिग-२ को सिरिजको खेल तालिका सर्वजनिक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालसहित नामिबिया र नेदरल्याण्डससहितको क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको यो सिरिज फेब्रुअरी १५ अर्थात फागुन ३ देखि २४ अर्थात फागुन १२ गते सम्म काठमाडौंमै हुँदै छ ।

सिरिजको पहिलो खेल नेपाल र नामिबियाबीच फागुन ३ गते हुने छ भने भने दोस्रो खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ५ गते हुने छ ।

त्यस्तै तेस्रो खेल नामिबिया र नेदरल्याण्डसबीच फागुन ७ गते हुने छ भने चौथो खेल नेपाल र नामिबियाबीच फागुन ९ गते हुने छ ।

त्यस्तै पाँचौं खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ११ गते हुने छ भने छैटौं खेल नेपाल र नेदरल्याण्डसबीच फागुन १३ गते हुने तालिका सार्बजनिक भएको छ ।

क्यानले लिग-२ को यो सिरिज खेल्ने टिमको यस अघि नै घोषणा गरिसकेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सराफ, भिम सार्की, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजबंशी, सुर्य तामाङ र रिजन ढकाल रहेका छन् ।

त्यस्तै लिग-२ को यस सिरिजका लागि प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रिजर्भ खेलाडीको रुपमा रहेका छन् ।