२५ जेष्ठ २०८३, सोमबार

एमाले अध्यक्ष ओलीद्वारा कोशी प्रदेशकै ठूलो सौर्य विद्युत परियोजनाको उद्घाटन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २३ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाको सताक्षीधाम नगरपालिकामा कोशी प्रदेशकै ठूलो सौर्य विद्युत परियोजनाको उदघाटन गर्नुभएको छ । एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र– ४ बाट निर्वाचित साँसद एलपी साँवाको अगुवाइमा सञ्चालित परियोजनाको अध्यक्ष ओलीले उदघाटन गर्नुभएको हो ।

झापा र कोशीसँगै देशको विकासका लागि सो परियोजना अत्यन्तै महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । परियोजना कोशीको सबैभन्दा ठूलो र देशका ठूला सौर्य परियोजनाहरुमध्येको एक परियोजना भएको अध्यक्ष ओलीको भनाइ छ ।

उद्यमशिलताको प्रवद्र्वन र देशको विकासमा परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले युवाहरू द्यमशिलहुनुपर्नेमा जोड दिनुभयो । युवाहरुले जागिरे भन्दा पनि उद्यमशिल प्रवृत्ति अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सहकारी वा सहकार्य गरेर ठूला आयोजना संचालनगर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । ४० प्रतिशत युवा जनसंख्यामध्ये झण्डै आधा बिदेशिएका बताउनुहुँदै अध्यक्ष ओलीले विदेशीन चाहने युवाहरुलाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याएर उद्यमशील बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्नभएको परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर परियोजना निर्माण गरिएको परियोजनाका अध्यक्ष साँबाले बताउनुभयो ।

वैकल्पिक उर्जाको क्षेत्रमा झापा इनर्जीले सुरु गरेको सोलार पावर प्राजेक्ट उदाहरणीय र नमुना हुने उहाँको दाबी छ । आयोजना स्थलबाट बुलुचोकस्थित सबस्टेशनसम्म ९ सय ६६ मिटर प्रशारण लाइन निर्माण गरिएको हो ।

सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुनेछ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा बिक्री गर्न सकिन्छ । परियोजनाको खरिद बिक्री सम्झौता २५ वर्ष हुने छ । अध्यक्ष ओलीले आजै नेकपा एमाले झापाको पूर्ण बैठकलाई पनि सम्बोधन गर्नुभयो ।

यसैबीच अध्यक्ष ओलीले झापास्थित गिरिजा कोइराला स्मृति भवनमा पुगेर कांग्रेस नेता केशबकुमार बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।