
काठमाडौं, २३ माघ । संघीय संसदको महासचिवमा पदम प्रसाद पाण्डेय नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई महासचिव नियुक्त गर्नुभएको हो । संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गर्नुभएको हो ।









प्रतिक्रिया