११ कार्तिक २०८३, बुधबार

एमाले धादिङको बन्दसत्र फागुन १ गतेबाट हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । दुई पक्षीय मनमुटावका कारण स्थागित भएको नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र फागुन एक गतेबाट सुरू हुने भएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आइतबारदेखि अवरूद्ध भएको बन्दसत्र फागुन एक गते बिहान ११ बजेबाट सुरू गर्ने जानकारी दिनुभएको हो ।

‘नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनको २०८० माघ २१ गते देखि सुरू भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते नेकपा (एमाले) केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरू गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्दसत्र सुरू हुने जानकारी गराउँछु’ विज्ञप्तिमा भनिएको छ।