११ कार्तिक २०८३, बुधबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते हुने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले फागुन २३ गते ब्रेक थ्रु हुने जानकारी दिनुभएको हो ।

मुख्य सुरुङ २,६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको उहाँले बताउनुभयो । धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका केही समस्या अझै बाँकी रहेको पनि उहाँले बताउनुभएको छ ।

अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको छ । समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको छ ।

एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको छ ।अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको डुमरूको भनाइ छ ।