३ श्रावण २०८३, आइतबार

गौतमबुद्ध क्रिकेट रंगशालाको लागि बागमती सरकारले ७५ करोड दिने

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । चितवनस्थित भरतपुरमा निर्माण अलपत्र परेको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ७५ करोड उपलब्ध गराउने भएको छ ।

बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले रंगशालाको लागि लागत अनुमान गरेअनुसार कुल खर्चको ७० प्रतिशत रकम अनुदान दिने निर्णय गरेको हो ।

बैठकले चालू आर्थिक वर्षमा पुग्ने बजेट यही वर्ष र अपुग बजेट आगामी आर्थिक वर्षबाट पुर्‍याउने गरी बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।