आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

मान्छे ९०० वर्षसम्म बाँच्थे भन्ने दाबी गरेका जीव विज्ञ बर्खास्त

दैनिक नेपाल २०८० माघ २३ गते १३:०८

मस्को ,२३ माघ । रुसको शिक्षा तथा विज्ञान मन्त्रालयले हालै एक जना जीव विज्ञलाई बर्खास्त गरेको छ । अवैज्ञानिक अभिव्यक्ति दिएपछि रसियन एकेडेमी अफ साइन्सेजकमा इन्स्टिच्युट अफ जनरल जेनेटिक्सका निर्देशकलाई बर्खास्त गरिएको हो । जेनेटिशिष्ट अलेक्जान्डर कुदर्याभ्त्सेभलाई सन् २०२१ को जुनमा मात्रै सो संस्थामा निर्देशक नियुक्त गरिएको थियो । उनको कार्यकाल सन् २०२७ सम्म थियो ।

तर गएको महिना शिक्षा तथा विज्ञान मन्त्रालयले उनलाई पदच्युत गरिदियो । उनको बर्खास्त गएको वर्ष मार्चमा तेस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक तथा धार्मिक सम्मेलनमा दिइएका विवादास्पद अभिव्यक्तिहरूसँग सम्बन्धित रहेको बताइएको छ । बाइबलमा वर्णन गरिएको विनाशकारी बाढी आउनु अघि मानव ९०० वर्षसम्म बाँच्थ्यो भन्ने दाबी ती वैज्ञानिकले सम्मेलनमा गरेका थिए ।

मौलिक, पैतृक र व्यक्तिगत पापका कारण त्यसयता मान्छेको आयु घट्दै आएको पनि उनले बताएका थिए । पापले मान्छेको जिनलाई प्रभावित बनाउने, बिरामी पारिरहने अभिव्यक्ति पनि उनले दिएका थिए । वैज्ञानिकले सम्मेलनमा उपस्थित दर्शकहरूले पापले सात पुस्तालाई पिरोल्ने भन्दै पाप नगर्न चेतावनी दिएका थिए । अलेक्जान्डरको अभिव्यक्तिहरूमा वैज्ञानिक तर्क छैन । उनले बाइबलमा पढेको कुरा भनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित