२१ जेष्ठ २०८३, बिहिबार

रियल मड्रिड एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

लिग तालिकामा रियल शीर्ष स्थानमा छ भने एथ्लेटिको चौँथो स्थानमा छ । आइतबार राति भएको खेलमा रियल र एथ्लेटिको १–१ गोलको बराबरी खेले ।

रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा २० औं मिनेटमा ब्रहिम डियाजको गोलले रियलले अग्रता बनाएको थियो । तर निर्धारित समयपछि थप गरिएको समयमा एथ्लेटिकोका मार्कोस लोरेन्टीले बराबरी गोल गरेका थिए ।

रियलले २३ खेलबाट ५८ अंक जोडेको छ भने समान खेलबाट एथ्लेटिकोले ४८ अंक बनाएको छ ।

लालिगामा आइतबारका खेलमा भिल्लारियल र काडिजले गोलरहित बराबरी खेलेका छन् भने ओसासुना सेल्टा भिगोसँग ३–० ले पराजित भएको छ ।

त्यस्तै, अर्को खेलमा बेटिस र गेटाफेले पनि १–१ को बराबरी खेलेका छन् ।