
काठमाडौं, २२ माघ । विश्वकप फुटबलको फाइनल खेल अमेरिकामा हुने भएको छ ।
फिफाले गएराति गरेको घोषणा अनुसार सन् २०२६ को विश्वकप फुटबलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।
फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।
संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलो खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उद्घाटनका कुनै कार्यक्रम भने हुन्न ।
सन् २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् ।
विश्वकपको उद्घाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।
अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो भने सन् २०२६ मा दोस्रो पटक गर्न लागेको हो ।








प्रतिक्रिया