
काठमाडौं, २२ माघ । विश्वकप फुटबल २०२६ को उद्घाटन समारोह र पहिलो खेल मेक्सिकोले गर्ने भएको छ ।
फिफाले गएराति घोषणा गरे अनुसार विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले गर्ने भएको हो ।
जसअनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा सो उद्घाटन समारोह र पहिलो खेल हुनेछ । विश्वकपको उद्घाटन खेल जुन ११ मा हुनेछ ।
अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।
मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन् २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।








प्रतिक्रिया