२ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : इच्छाराज दम्पतीबाट पौने ३ अर्ब असुलिने, संसद् अधिवेशन सुरू हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । सिभिल सहकारीका सञ्चालक एवम् पूर्वसांसद इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण मुद्दामा तीन बर्ष थुना र एक अर्ब बढी जरिवानाको फैसला भएको छ ।

उहाँलाई विशेष अदालतले तीन वर्ष थुनामा राख्ने र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना गर्ने फैसला सुनाएको हो ।

यस्तै, उहाँकी पत्नी श्रीजना शाक्य तामाङलाई एक वर्ष ६ महिना थुना र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना गर्ने फैसला गरेको हो ।

त्यस्तै प्रतिवादी केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजारु १२४ रूपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद हुने ठहर भएको छ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–