१७ असार २०८३, बुधबार

क्यानडाविरुद्ध तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टीमको घोषणा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिज तथा आइसीसी पुरुष सीडब्लुसी लिग-२ का लागि टीमको घोषणा गरेको छ ।

क्यानले क्यानडाविरुद्धको टिममा यू-१९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सुर्य तामाङ जस्ता युवा खेलाडीलाई अवसर दिएको छ । त्यस्तै अनिल शाहले लामो समयपछि टिममा कम ब्याक गर्नुभएको छ ।

त्यसैगरी सीडब्लुसी लिग-२ का लागि सुर्य तामाङ र रिजन ढकाललाई टीममा समावेश गरेको छ ।

नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ८ र १२ मा दुई खेल खेल्ने छ भने लिग-२ का खेल फेब्रुअरी १५ देखि २४ सम्म काठमाडौँमै खेल्ने छ । लिग-२ त्रिकोणात्मक सिरिज हुने छ भने यसमा नेपालसहित नामिबिया र नेदरल्याण्डस खेल्ने छन् ।