२२ जेष्ठ २०८३, शुक्रबार

ला लिगामा बार्सिलोनाले आल्भेजलाई ३-१ ले हरायो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक एक गोल गरेका थिए ।

त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए ।

यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२औं मिनेटमा मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको २३ खेलमा ५० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी आल्भेजको भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औ स्थानमा छ ।

त्यस्तै गएराती सम्पन्न अर्को खेलमा जिरोना रियल सोसियडाडसँग गोलरहित बराबरीमा रोकिएपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । यो बराबरीपछि जिरोना २३ खेलमा ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै रियल सोसियडाडको भने २३ खेलमा ३७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।