१ असार २०८३, सोमबार

कतार एसियन कपको सेमिफाइनलमा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । आयोजक कतार एसियन कपको सेमिफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो ।

यसअघि ९० मिनेटको खेलमा दुवै देशले १(१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ ।

योसँगै अब एसियन कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र दक्षिण कोरिया पुगेका छन् ।

अब जोर्डनले दक्षिण कोरियासँग फेब्रुअरी ६ मा खेल्ने छ भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ ।