
पोखरा, २० माघ । त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।
आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक/एक गोल गरेका थिए ।
उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।








प्रतिक्रिया