
काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा प्रमुख सचेकत र सचेतकहरुसँग छलफल गरिरहनु भएको छ ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा उपसभामुख इन्दिरा राना, दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहनु भएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ ।
सोही आह्वानअनुसार संघीय संसद सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको थियो ।









प्रतिक्रिया