आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

के हो पिनास ? यसरी बनाउन सकिन्छ निको

दैनिक नेपाल २०८० माघ १९ गते १६:१०

-डा. यञ्जन गैह्रे

पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुराउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनस (sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो ।

साइनस भन्नाले टाउँको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् ,जो साना–साना प्वालहरु ,ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाइ रुघा तथा एलर्जी हुन्छ ,अनि यी साइनसमा सिगाँन भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ व्याक्टोरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।

विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसनको  आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।
१) फ्रन्टलसाइनस –निधारमा हुन्छ ।
२) म्याक्जिलरीसाइनस  –दुवैतिर गालाको भित्री भागमा ।

३) इथमोइडल साइनस–आखाँहरुको बीचमा ।
४) स्फेनोइडल साइनस  –इथमोइडल साइनसको भित्री भागमा ।

पिनास दुई प्रकारका हुन्छन् :–
१) एक्युट साइनोसाइटिस (पिनास) :– ३० दिन भन्दा कमको पिनास /१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ ,भने १० दिन भन्दा बढी रहेमा,त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।
२) क्रोनिक साइनोसाइटिस (पिनास) :– ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनास हुनुका मुख्य कारणहरु :–
१) साइनस (क्ष्लगक) को भित्री भागमा केहि गरी अवरोध वा रोकावट हुनु ।
२) एलर्जी ,भाइरल वा व्याक्टोरियल संक्रमण हुनु ।
३) नाकको भित्री भागमा मासु पलाउनु – वा ट्युमर हुनु वा नाकको
भित्रको हडि बाङ्गिनु ।
४) एलर्जी गराउने कुनै वस्तु ,खाना ,धुँवा–धुलो ,गन्ध आदि ।
५) कुनै पनि प्रदुषण, चिसो ,वातावरण ,चिसो हावा ,चिसो वा बासी खाना , आदि ।

पिनासको लक्ष्णहरु :–
१) नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने ।
२) टाउँका को अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने
३) गन्ध वा बास्ना थाहा नपाउने
४) नाकबाट बाक्लो ,पहेलो र गन्द युक्त सिगाँन बग्ने ।
५) दिउँसोमा सुख्खा खोकी लाग्नु ,रुघाको लक्षण देखिनु ,मन्दमन्द ज्वरो आउनु ,दाँतको
पिडा पा कानको दुखाई हुनु ।

योग तथा प्राकृतिक चिकित्सा :–

१) योग चिकित्सा :–
–अनुलोम विलोम प्राणयाम
–कपालभाति प्राणायाम
–सूर्यवेदि प्राणयाम
२) प्राकृतिक चिकित्सा :–
–जलनेति वा सूत्रनेती
–अनुहारको मालिस
–अनुहारको वाष्पस्नान
–नास्य ,शिरोवस्ती र शिरोधारा
–उष्णपादस्नान
–एक्युपंचर ,एक्यूप्रेशर र रिफ्लेक्सोतोजी विधि
आहार सम्बन्धी जानकारी :–
१) प्रशस्त मात्रामा खानु पर्ने :–
–हरियो सागसब्जी ,फलफूल ,अंकुरित अन्न वा गेडागुडी
–हर्वल चिया ,कागती र मह र ज्वानोको रस तुल्सीको पातको रस र मह
–भिटामिन बी–१२ र भिटामिन सि युक्त खाना तथा फलफूल आदि

 

२) कम मात्रामा खान हुने :–
–चिसो गर्ने परिकार जस्तै :–गुन्दु्रक ,तामा, इस्कुस ,अमिलो दहि मासको दाल आदि ।
–धु्रम्रपान ,मद्यपान ,सुर्ती जन्य पदार्थ नखाने
–कोल्डड्रिंक ,बोतलबन्द परिकार ,मैदा बाट बनेका परिकार ,गुलिया खाद्य वस्तु यो रोगका
लागी मैत्री खाना होइनन् ।

 

प्रतिक्रिया
सम्बन्धित