३१ जेष्ठ २०८३, आइतबार

फ्रेन्च महिला लिग खेल्दै साम्बा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ। नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने हुनु भएको छ ।

साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने हुनु भएको हो । गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको जानकारी दिएको छ।

फ्रेन्च क्लबमा अनुबन्ध भएपछि साम्बाले प्रतिक्रिया दिँदै आफू उत्साहित बनेको बताउनुभयो । साथै उहाँले आफ्नो यस यात्रामा सहयोग गर्ने सहकर्मी खेलाडी, प्रशिक्षकलाई समेत धन्यवाद दिनुभएको छ ।

उहाँले यसअघि इजरायलको लिग खेल्नु भएको थियो । साम्बा अनुबन्ध भएको क्लब गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित १०औं स्थानमा रहेको छ ।

गुइनगाम्पको अर्को खेल शनिबार रहेको छ ।