४ असार २०८३, बिहिबार

कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न : गृहमन्त्री

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई लुट्ने छुट कसैलाई पनि दिन नसकिने बताउनु भएको छ ।

पोखरामा सुरू भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले अपराध गर्नेलाई छुट दिन नसकिने स्पष्ट पार्नुभएको हो । अपराध गर्नेलाई पक्राउ गर्दा दबाव आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन् । कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन्, त्यसो गर्न भएननी भनेर । उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ, उद्योग व्यवसायीलाई यसो गर्न भएननी हामीले कर तिरेका छौँ, अर्थतन्त्र धानेका छौँ भन्छन् । हामीले भनेकै छौँ त निजी क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।”