२८ जेष्ठ २०८३, बिहिबार

यू-१९ विश्वकप  : आज नेपालले भारतको सामना गर्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । जारी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ ।

नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।

सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् ।

त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो । सुपर सिक्सको समूह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हाँसिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपर सिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिँदा नेपाल अंक विहीन भएको हो ।

आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।