२९ जेष्ठ २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : नेपालका अर्बपतिका भाइ पक्राउ, एक्सनमा प्रधानमन्त्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । अर्बपति एवम् प्रतिनिधिसभा सांसद विनोद चौधरीका कान्छा भाइ व्यवसायी अरुण चौधरी पक्राउ पर्नुभएको छ । उहाँलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

काठमाडौंको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सीआईबीले उहाँलाई पक्राउ गरेको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. ठूलो माछो पक्राउ : बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिनाको आरोपमा व्यवसायी अरुण चौधरीसहित सञ्जय ठाकुर र अजितनारायण थापा पक्राउ ।

२. चार दिन थुनामै : बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहितलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति ।

३. पलायन रोकौँ : बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ ।

४. एक्सनमा प्रधानमन्त्री : प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’, विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश गरिएका फाइनलहरू १५ दिनभित्र राय नदिए फाइल स्वत: सदर ।

५. टोलीलाई बधाई : विदेशी चिकित्सक बिना पहिलो पटक नेपाली चिकित्सकको टोलीले मात्रै गर्‍यो टिचिङ अस्पतालमा कलेजोको सफल प्रत्यारोपण ।

६. मार्च विराटचोक आइपुग्यो : सरकारलाई दबाब दिन झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ बिहीबार मोरङको विराटचोक आइपुग्यो ।

७. कारण देउ : भारतसँगको विद्युत व्यापार सम्झौताविरूद्व परेको रिटमा सर्वोच्च अदालतद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी ।

८. सदस्य नियुक्त : राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय ।

९. गठबन्धन भत्किँदैन : जतिनै विरोध गरेपनि गठबन्धन नभत्किने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको दावी ।

१०. मुद्वा दायर : नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा पठाएको आरोपमा अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर ।

११. ठग पक्राउ : वैदेशिक रोजगारीमा पठाउने भन्दै ६ सय जना भन्दा धेरैलाई ठग्ने सुजन तामाङ काठमाडौंबाट पक्राउ ।

१२. निगमको गम्भीर लापरबाही : बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयले लापरवाही तरिकाले सडकमा राखेको पोलको रडले छेडिएर ११ वर्षीय लक्की गोलेको मृत्यु ।

१३. नक्कली नोट छ्याप्छ्याप्ती : ठूलो परिमाणको नक्कली नोटसहित सर्लाहीबाट दुईजना पक्राउ ।

१४. मुख्यमन्त्री नै पक्राउ : भ्रष्टाचारको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ ।

१५. आर्मी फाइनलमा : चर्च ब्वाइजलाई २–१ गोल अन्तरले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश ।