१ श्रावण २०८३, शुक्रबार

थुनामा नबस्ने भीआईपीको जुक्ति : अरुण र अजितनाराणलाई बिरामी भन्दै अस्पताल लगियो

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । बाँसबारीस्थित छाला जुत्ता कारखानाको दश रोपनी जग्गा हडपेको प्रकरणमा पक्राउ पर्नुभएका व्यवसायी अरुण चौधरीलाई अस्पताल लगिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले आज चौधरीसहित अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।

अदालतबाट चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद पाएसँगै चौधरी र थापालाई बिरामी भएको भन्दै अस्पताल लगिएको हो ।

चौधरीलाई आफ्नै दाई बसन्त चौधरीको लागनी रहेको नर्भिक अस्पताल लगिएको बताइएको छ । यस्तै,  थापालाई  चिरायु अस्पताल लगिएको छ। उहाँहरू अब अस्पतामा भर्ना भएर बस्नु हुनेछ ।